दार्चुलाका महिलाहरुको मनकारी मन : क्यान्सर पीडित खत्रीलाई आर्थिक सहयोग

हालसम्म ६ लाख ६४ हजार भन्दा बढि रकम संकलन

दार्चुला । दार्चुलाका पाँच महिला आर्थिक सशक्तीकरण केन्द्रले एक महिला क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् ।  फरक फरक मितिमा यी सशक्तीकरण केन्द्रले पाठेघर क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग गरेका हुन् ।

सिडा को आर्थिक सहयोग तथा अक्सफाम नेपालको प्राविधिक सहयोगमा सामुदायिक ग्रामीण विकास समाज नेपाल (सीआरडीएस नेपाल) द्वारा सञ्चालित ट्रोसा परियोजना अन्तर्गत गठन भएका पाँच वटा महिला आर्थिक सशक्तीकरण केन्द्रहरूले क्यान्सर पीडित ललिता खत्रीको उपचारका लागि उल्लेखनीय सहयोग प्रदान गरेका छन् ।

दार्चुला जिल्लाको लेकम गाउँपालिका वडा–३ की जगन्नाथ महिला आर्थिक सशक्तीकरण केन्द्रकी सदस्य ललिता खत्री पाठेघरको क्यान्सरबाट ग्रस्त भई हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत रहेकी छन् । खत्रीको परिवार संग उपचार गर्न आर्थिक अवस्था कमजोर भएपछि महिला आर्थिक सशक्तीकरण केन्द्रले नै उपचारमा आर्थिक सहयोग गरेको बताएका छन् । यी सशक्तीकरण केन्द्रहरूले फरक–फरक मितिमा गरेर जम्मा रु. १८,हजार २००रुपैँया ललिता खत्रीको परिवारलाई आर्थिक सहयोग गरेका छन् । ललितालाई क्यान्सर भएपछि उपचारमा आर्थिक समस्या भएको छ ।

यससँगै,ट्रोसा परियोजनाका फिल्ड सुपरभाइजर तथा अभियान समन्वयकर्ता जगत सिंह ऐरीका अनुसार, विभिन्न व्यक्ति, समूह, संघ–संस्था तथा सहयोगी मनहरूले निरन्तर रूपमा रकम जुटाइरहेका छन् र हालसम्म उठेको कुल सहयोग रकम रु. ६ लाख ६४ हजार भन्दा माथि पुगेको बताएका छन् ।

उनका अनुसार यस अभियानले महिला समूहहरूको सामाजिक उत्तरदायित्व, समुदायमा संकट परेको सदस्यप्रति देखाइएको एकता र मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । परियोजनाले आर्थिक सशक्तीकरणसँगै समुदायमा विपद् र संकटको समयमा एक–अर्कालाई सहारादिने संस्कार मजबुत बनाउँदै आएको पनि उल्लेख गरिएको छ ।
यी हुन् क्यानसर पीडित खत्रीलाई आर्थिक सहयो गर्ने महिला आर्थिक सशक्तीकरण केन्द्रहरू:
-जगन्नाथ महिला आर्थिक सशक्तीकरण केन्द्र, लेकम–३ लाली
-सत्तेश्वर महिला आर्थिक सशक्तीकरण केन्द्र, लेकम–३ रतौडा
३- सगरमाथा महिला आर्थिक सशक्तीकरण केन्द्र महाकाली–८, काकडा
४- प्रगतिशील महिला आर्थिक सशक्तीकरण केन्द्र महाकाली–९
-महाकाली महिला आर्थिक सशक्तीकरण केन्द्र  महाकाली–९

Leave A Reply

Your email address will not be published.