दार्चुला । दार्चुलामा नेपाली कांग्रेसको क्रियाशील सदस्यता नविकरणको म्याद भोली विहीबार सम्मका लागि मात्रै तोकिएको छ । गएको शनिबार पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको वैठकले जिल्लामा क्रियाशील सदस्यता नविकरणको म्याद मंसिर २५ गतेसम्मका लागि मात्रै राख्ने निर्णय गरेको थियो ।
सोही अनुसार २५ मंसिरसम्म मात्रै सदस्यता नविकरणको म्याद राखिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव पुलेन्द्र बहाुदर कार्कीले जानकारी दिए । यो विचमा केही सदस्यता नविकरण छुटेकाले छुटभएकाहरुको वडामै प्रतिनिधिहरु खटाएर सदस्यता नविकरणको काम उत्साह जनकरुपमा भइरहेको उनले बताए । मंसिर २० गते बसेको जिल्ला कार्यसमितिको वैठकले केन्द्रिय कार्यसमितिको निर्णय र केन्द्रले निर्धारण गरेको कार्यतालिका अनुसार जिल्ला र मातहतका संरचनाहरुको अधिवेशन तोकिएकै समयमा सम्पन्न गर्ने निर्णय गरिएको जिल्ला कार्यसमिति सभापति ललित सिह बोहराले जानकारी दिए ।
बैठकले नयाँ क्रियाशिल सदस्यता खुल्ला गर्ने र विधान वमोजिम प्रकृया पुरा गरि, सदस्यता फारमहरु अगामी पौष ४ गते भित्र जिल्ला कार्यसमितिमा को बुझाउनु पर्ने बताएका छन् । भोली नै कांग्रेसको जिल्ला कार्यसमितिको अर्को बैठक बस्ने तयारी गरिएको छ ।
