दार्चुला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी पुस ४ गते दार्चुलामा ‘एकता सन्देश सभा’ आयोजना गर्ने भएको छ।
एकता सन्देश सभाको तयारीका लागि बुधबार (आज) जिल्ला सदरमुकाम खलङ्गामा बसेको पार्टीको बैठकले आगामी पुस ४ गते जिल्ला सदरमुकाम खंलगामा एकता सन्देश सभाको आयोजना गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका सदस्य विनोद कुँवरले जानकारी दिनुभयो ।
सभाको तयारीको लक्ष्मण दत्त जोशीको संयाजकत्वमा मुल समिती गठन गरिएको उहाँले बताउनुभयो । सभालाई राजनीतिक वातावरण निर्माण र संगठनभित्र स्पष्ट मार्गचित्र तय गर्न महत्वपूर्ण मानिएको छ । थप विषयमा जानकारी दिनका लागि भोली सदरमुकाममा पत्रकार सम्मेलनको समेत आयोजना गरिएको छ ।