मार्मा गाउँपालिकाले अगामी पौष १० गते देखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संञ्चालन गर्ने

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले अगामी पौष १० गते देखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संञ्चालन गर्ने तयारी गरेको छ । शनिबार गाउँ कार्यपालिका बैठकको निर्णय अनुसार गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संञ्चालन गर्न लागिएको हो ।

गाउँपालिकास्तरीय छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पालिकाको तपोवन खेलमैदानमा संञ्चालन गर्ने तयारी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मेन्द्र जोशीले जानकारी दिए ।उक्त प्रतियोगितामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संञ्चालन निर्देशिका संशोधन २०७० अनुसार सहभागी हुने विद्यार्थीहरुको विबरण अनिवार्य रुपमा पौष ९ गते भित्र अध्ययनरत कक्षा उमेर खेल्ने कागज पत्रसहित कार्यालयमा पेश गर्न सूचना मार्फत जानकारी गराइएको छ ।

 

Leave A Reply

Your email address will not be published.