दार्चुला । दार्चुलाको मार्मामा भिरबाट लडेर एक किशोरीको ज्यान गएको छ । मंगलबार गाउँपालिकाको वडा नम्बर ६ चेत्कल्ली बस्ने अन्दाजी १४ वर्षीया मनिसा धामीको वडा नम्बर ५ र ६ को सिमानामा पर्ने मानदाङ भिरबाट लडेर ज्यान गएको वडा नम्बर ६ का वडा अध्यक्ष सन्तोष सिंह कोट्टारीले बताए।
मार्मा गाउँपालिका वडा नम्बर ५ को जन्नीगाउँ बजारमा दिदि संगै चामल लिन गएकी मनिसाको चामल लिएर फर्किने क्रममा भिरबाट लडेर घटना स्थलमै मृत्यु भएको उहाँले बताए ।
मनिसा वडा नम्बर ६ मा रहेको सिराडभूमी आधारभूत विद्यालय छिपानमा कक्षा ८ मा अध्यनरत हुनुहुन्थ्यो ।