दार्चुला प्रहरीले सार्वजनिक गर्‍यो मंसिर महिनाको सुरक्षा अवस्थाको विवरण,

कस्तो छ जिल्लाको सुरक्षा अवस्था ?

दार्चुला । दार्चुला जिल्ला प्रहरी कार्यालयले मंसिर महिनाको सुरक्षा अवस्थाको विवरण सार्वजनिक गरेको छ ।  पौष २ गते जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्लाको सुरक्षा अवस्थाको विवरण सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा भबितब्य ज्यान,जबरजस्ती करणी ,जबरजस्ती करणी उद्योग, झुण्डिएर आत्महत्या,र बैंकिङ कसुर गर्ने मुद्दाको संख्या समान १/१ रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यस्तै लागू औषध र अभ्रद व्यवहार मुद्दाको संख्या पनि समान २ /२ वटा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । चालु मुद्दाका ११ जना प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । विगत वर्षमा पेण्डिङमा र रहेका २ वटा मुद्दाको प्रहरीले सफल अनुन्धान गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी गौरव महतले जानकारी दिए ।

हराएकी एक जना महिलालाई प्रहरीले फेला पारेको छ । यस्तै बालक ४ जना पुरुष १ जनालाई फेलापारी आफन्तहरुलाई बुझाइएको छ । मंसिर महिनामा मात्रै घरेलु हिंसाका १२ वटा उजुरी प्रहरीमा पुगेका छन् । जसमध्ये १० वटा उजुरीको मिलापत्र गरिएको छ । बाकी दुईवटालाई आवश्यक अनुन्धानका लागि अदालत पठाइएको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रहरीले जिल्लामा १.९८१ किलोग्राम चरेश सहित २ वटा मुद्दादर्ता संगै ४ जना पुरुषलाई पक्राउ गरेको छ । मङ्सिर महिनामा भएका सवारी दुर्घटनामा ५ जनाको उद्धार गरिएको छ । सवारी दुर्घटनाको कारण विशलेषण गर्दा तिब्रगति र मादक पदार्थ सेवन रहेको प्रहरीले आकलन गरेको छ । प्रहरी कार्यालयबाट एक महिनामा ६६५ जनाले सेवा दिएका छन् । जङगली जनावर भालुको आक्रमणको बाट एक जना पुरुष घाइते भएका छन् ।

प्राकृतिक स्रोतदोहन नियन्त्रण तर्फ एक ट्याक्टरलाई नियन्णमा लिएर ६सय रुपैँया जरिवाना तिराएको छ । राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणतर्फ जिल्लामा ५५ बण्डल बिडी,सुट १५पिस,नप्पल १६ पिस र २४ बोतल भारतीय मदिरा बरामद गरी जम्मा ६८ हजार ५६८ मूल्य बराबरको समान बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.