राप्रपा दार्चुलाले गर्यो प्रतिनिधिसभा प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस
दिपक बहादुर सिंह दार्चुलाबाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ सिफारिस
दार्चुला । राप्रपा दार्चुलाले प्रतिनिधिसभा सदस्य प्रत्यक्षमा तीन जनाको नाम सिफारिस गरेको छ ।
शुक्रवार बसेको राप्रपा दार्चुलाको बैठकले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निवर्तमान सांसद दिपक बहादुर सिंह, नरेन्द्र सिंह धामी र राजेश बहादुर चन्दको नाम सिफारिस गरेको हो ।
यस्तै समानुपातिकतर्फ राप्रपा जिल्ला अध्यक्ष प्रकाश दयाली, चक्र बहादुर बम र धाना देवी लुहार टमाटाको नाम सिफारिस गरि पठाइएको राप्रपा दार्चुलाका संयोजक पदम राज खत्रीले जानकारी दिए ।
दिपक बहादुर सिंह दार्चुलाबाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ सिफारिस
दार्चुला । २०७९ मा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका राप्रपाका नेता दिपक बहादुर सिंह दार्चुलाबाट आगामी चुनावका लागि सिफारिस भएका छन् । राप्रपा दार्चुलाले सिंहको नाम प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ सिफारिस गरेको हो ।
दिपक बहादुर सिंह सँगै राप्रपाले दार्चुलाबाट २०७९ सालमा प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका नरेन्द्र सिंह धाामी र पूर्व कर्णेल राजेश बहादुर चन्दको नाम सिफारिस गरेको अध्यक्ष प्रकाश दयालीले जानकारी दिए । यस्तै समानुपातिकतर्फ प्रकाश दयाली, चक्र बहादुर बम र धाना देवी लुहार टमाटाको नाम सिफारिस गरि पठाएको छ ।