दार्चुला ।दार्चुलाको मार्मा गाउँपालिका – ३ भैसे’मा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन।
शनिबार राती १० बजे लटिनाथबाट शेरी तर्फ जाँदै गरेको सु प प्र ०१ ००१ च २६०४ नम्बरको जिप भैसे भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनामा परी मार्मा गाउँपालिका -६ बस्ने केशब राज जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका दार्चुला प्रहरी निरक्षक एबम सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो । उहाका अनुसार सोही जीपका चालक माधब महरा घाइते भएका छन ।घाइते महरा लाई उपचारका लागि गोकेलेस्वर अस्पताल पठाइएको छ। जीपमा चालक सहित २ जना मात्र सवार रहेका थिए। जीप सडक बाट करिब २ सय मिटर तल खसेको थियो।