दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा छैटौं गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । विहिबारबाट गाँपालिकाको छैटौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको गाउँपालिकाका शिक्षा अधिकृत राजेन्द्र प्रसाद जोशीले जानकारी दिए ।
गाउँपालिकाको वडा- ४ स्थित तपोवन माध्यमिक विद्यालय पडपडाको खेलमैदानमा आज एक कार्यक्रमका बिच वडा -४ का वडा अध्यक्ष बिरसिंह धामीको अध्यक्षतामा प्रतियोगिताको उद्घाटन गरिएको जोशीले बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष जमन सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सर्मिला चन्द सिंह, विभिन्न वडाका वडा अध्यक्षहरु, गाउँपालिका अन्तरगतका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, गाउँपालिकाका शाखागत कर्मचारीहरु, विद्यार्थीहरु, सुरक्षाकर्मी पत्रकार लगायत स्थानीहरुको सहभागिता रहेको उहाँले बताउनुभयो । प्रतियोगितामा गाउँपालिका भित्रका ९ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ ।
