अब देखि दार्चुला जिल्ला अदालत प्रवेश गर्ने सबैले अदालत प्रवेश पास देखाउनु पर्ने

दार्चुला । दार्चुला जिल्ला अदालत प्रवेश गर्ने सबैले अब देखि आफ्नो परिचय खोल्नुपर्ने भएको छ ।

शुक्रबार बसेको बैठकले सुरक्षा अवस्थालाई मध्यनजर गदैँ मुद्दाका पक्षहरु र आगुन्तुकहरुले परिचय खुल्ने कागजात साथमा लिएर ल्याउनु पर्ने निर्णय अदालतले गरेको छ ।

बैठकले मुद्दाका पक्षहरु र आगुन्तुकहरुले अदालत आउँदा छाता, झोला लट्ठी लगायतका सामग्रीहरु साथमा ल्याउन प्रतिबन्ध गरिएको जिल्ला अदालत दार्चुका न्यायाधीश भुवन गिरीले जानकारी दिए ।

बैठकले अदालत भित्र प्रवेश गर्ने सबैलाई नेपाली नागरीकता, मतदाता परिचयपत्र,राष्ट्रिय परिचयपत्र,सरकारी निकायबाट जारी अन्य राष्ट्रिय परिचयपत्र र पक्षहरुको हकमा तारेख पर्चा अनिवार्य गरिएको उनले बताए । यो नियम आजै देखि लागू भएको अदालत दार्चुलाले जनाएको छ ।

हेर्नुस् अदालतले जारी गरेको सूचना

Leave A Reply

Your email address will not be published.