दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर- २ गौकुलमा जिप दुर्घटना भएको छ । शुक्रबार दिउँसो दार्चुला टिंकर सडक अन्तरगत गोकुलमा जिप दुर्घटना भएको हो ।
जिल्ला सदरमुकाम खलंगाबाट दुहुँको बाँजपाली तर्फ गइरहेको सु.प.प्र. ०२००१ ज ६६४ नम्बर जिप ब्याक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो। जिपमा चालक उपेन्द्र शाहसहित ३ जना सवार रहेका थिए । उनिहरु तिनै जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकोछ। । घटनाको बारे थप अनुसन्धान भइरहेको छ ।