दार्चुला । दार्चुलाका विभिन्न स्थानमा विद्युत आपुर्ति सेवा बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत दार्चुला वितरण केन्द्रले शनिबार भोली विहान १० बजेदेखि दिउँसो ३ बजे सम्म विभिन्न थालिगाडा सबस्टेशनबाट प्रवाह हुने ठाउँहरुमा विद्युत आपुर्ती बन्द हुने जानकारी दिएको छ ।
प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै शनिबार बलाच–थालिगाडा क्षेत्रमा लाइन मर्मत कार्य हुने भएकोले थालिगाड शबस्टेशनबाट प्रहाव हुने ११ के.भि. जोलजिवी फिडर र बजार फिडरमा पर्ने क्षेत्रहरु महाकाली नगरपालिका, व्याँस, दुहुँ, नौगाड, मालिकार्जुन गाउँपालिकाका विभिन्न क्षेत्र र लेकम गाउँपालिकाको लालीमा विद्युत अवरुद्ध हुने सूचना मार्फत जानकारी दिएको हो ।