दार्चुलामा एक महिला र एक पुरुष ९ वर्षपछि पक्राउ

दार्चुला । करणी मुद्दामा फरार दार्चुलाका एक महिला र एक पुरुष ९ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पक्राउ पर्नेमा हाडनाता करणी मुद्दामा ३ महिना कैद सजाय तोकिएको नौगाड गाउँपालिका वडा नम्बर ३ बस्ने २६ वर्षीय देबेन्द्र ठगुन्ना र १ महिना १५ दिन कैद सजाय तोकिएकी सोही ठाउँकी ३० वर्षीया मौना ठगुन्ना रहेको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत दार्चुलाको वि:स २०७३ जेठ ३० गतेको फैसलाले कैद सजाय ठहर भई फरार रहेका दुबै जनालाई आइतवार हिजो जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी गौरव महतले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.