दार्चुला । नेकपा एमालेले प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवारको सूचीमा दार्चुलाका जहेन्द्र सिंह ऐतवालको नाम समेटेको छ । एमालेले निर्वाचन आयोगमा सोमबार बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा नेता ऐतवालको नाम ११० जनाभित्र समेटेको हो ।
एमालेको समानुपातिक सूचीमा आदिवासी कलस्टरबाट दार्चुलाका ऐतवालको नाम एकल रुपमा सिफारिस गरेको थियो । ऐतवाल वि.स. २०४९ साल र वि.स. २०५४ सालमा भएको स्थानीय निर्वाचनमा निर्विरोध साविकको व्याँस गाविसको अध्यक्ष निर्वाचित भएका थिए ।
पार्टीको विभिन्न तह, कमिटीमा बसेर काम गरेका ऐतवाल हाल जिल्ला कमिटीको लेखा कमिटी प्रमुख रहेका छन् ।एमालेले ऐतवाल सहित सुदूरपश्चिम प्रदेशबाट १० जनालाई समानुपातिक सूचीमा समेटेको छ ।पाँच पुरुष र पाँच महिलालाई पाँच जिल्लाबाट समेटिएको हो ।