यी हुन् दार्चुलाबाट तीन दलका ४ जना समानुपातिक उम्मेदवार

दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दार्चुलाबाट तीन दलका  ४ जना समानुपातिक उम्मेदवारको बन्दसूचीमा नाम आएको छ । तीन पार्टीले बुझाएको उम्मेदवारको बन्द सूचीमा दार्चुलाबाट एक जना महिला सहित ४ जना समानुपातिक उम्मेदवारको बन्दसूचीमा नाम परेका हो ।

नेकपा एमालेले आदिवासी जनजातितर्फ जहेन्द्र सिह ऐतवाललाई समानुपातिक उम्मेदवार बनाएको छ । उनलाई नेकपा एमाले दार्चुलाले एकल रुपमा सिफारिस गरेको थियो । यस्तै नेपाली कांग्रेस दार्चुलाले सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा पूर्व जिल्ला समन्वय समिति प्रमुख करबीरहादुर सिह कार्कीलाई समानुपातिक उम्मेदवारको रुपमा जिल्लाबाट सिफारिस गरेको थियो ।

पार्टीले जिल्लाबाट कार्की सहित महिलाबाट आनन्दी पन्त भट्टको नाम पनि पार्टीको केन्द्रीय कार्यसमितिमा पठाएको थियो । तर खस आर्यबाट कार्कीको नाममात्रै बन्दसूचीमा समेटिएको हो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा दलित कोटाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष प्रकाश दयाली र धाना देवि लोहारको नाम बन्द सूचीमा आएको छ ।

उक्त पार्टीले दयाली ,लोहार सहित देशभरीबाट ११० जनाको नाम निर्वाचन आयोगमा पेस गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिमबाट पाँच जनालाई उम्मेदवार बनाएको जनाएको छ । यद्यपि उसले बुझाएको समानुपातिक सूचीमा सुदूरपश्चिम ठेगाना उल्लेख भएका दुई जना उम्मेदवार मात्रै छन् । नेपाली कम्युनिस्ट पार्टीले दार्चुलाबाट समानुपातिक उम्मेदवार बनाएको छैन ।

Leave A Reply

Your email address will not be published.