शैल्यशिखर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको आउँदो सोमबार उद्घाटन गरिने

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाको प्रशासनिक भवन र नगरसभा पुस २१ गते उद्घाटन गरिने भएको छ । शैल्यशिखर नगरपालिका गोकुलेश्वर, र शहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विकास विभाग, श्रीमहल, पुल्चोक ललितपुरको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन अगामी सोमबार गरिन लागेको हो ।

यस्तै सोहीदिन शैल्यशिखर नगरसभाको १८औं नगरअधिवेशनको उद्घाटन समारोह आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले जानकारी दिए । उक्त कार्यक्रममा उपस्थितिका लागि सार्वजनिक सूचनामार्फत सम्पूर्ण राजनितिक दल, बुद्धिजिवी, नागरिक समाज, विज्ञ, व्यवसायी, गैर–सरकारी संस्था, समाजसेवी, पेशाकर्मी, सञ्चारकर्मी तथा आम सरोकारवालाहरुलाई आमन्त्रण गरिएको छ ।

 

Leave A Reply

Your email address will not be published.