दार्चुला । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि दार्चुलामा ९३० जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति दार्चुलाले जारी गरेको निर्वाचन प्रहरी भर्ना सम्बन्धी एकिकृत सूचनामा उक्त सङ्ख्यामा निर्वाचन प्रहरी भर्ना गर्न लागिएको जनाइएको हो ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी एकिकृत (नेपाल प्रहरी–सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको बताएका छन् । प्रतिनिधि सभा निर्वाचनतर्फ एक मात्रै निर्वाचनका रहेको दार्चुलामा ११२ मतदान स्थल, १४३ मतदानकेन्द्र र ९२ हजार ९४८ जना मतदाता रहेका छन् ।