छैंटौ राष्ट्रपति रनिङ शिल्डको उपाधि जनविकास मावि बारबाँजले उचाल्यो

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका स्तरीय छैंटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गत मंगलबारबाट गाउँपालिकाको वडा -२ मा रहेको गौरिलमाण्डौ माध्यमिक विद्यालय हिकिलाको खेल मैदानमा सञ्चालन भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख लोकेन्द्र बहादुर बमले बताए ।

मंगलबारबाट सञ्चालन भएको छैंटौ दुहुँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनविकास माध्यमिक विद्यालय बारबाँजले जितेको छ । बारबाँजले १३ स्वर्ण, १० रजत र ४ कास्य गरि कुल २७ पदकसहित पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको बमले बताए । त्यस्तै धारीपाटा माध्यमिक विद्यालय धारी ७ स्वर्ण, ६ रजत र ९ कास्य गरि कुल २२ पदक सहित द्धितिय हुँदा गोरिलमाण्डौ माध्यमिक विद्यालय हिकिला ६ स्वर्ण १४ रजत र ३ कास्य गरि कुल २३ पदकसहित तृतीय भएको उहाँले बताए ।

त्यस्तै अन्य विद्यालय तर्फ पिपलचौरी माध्यमिक विद्यालय बिणले ३ स्वर्ण २ रजत ११ कास्य कुल १६ पदकसहित चौथो र गणेश विनायक माध्यमिक विद्यालय सिमलीले १ स्वर्ण, २ रजत र २ कास्य गरि कुल ५ पदकसहित पाँचौ स्थानमा रहेर प्रतियोगिता सम्पन्न गरेको गाउँपालिकाको शिक्षा शाखा प्रमुख बमले बताए ।

गाउँपालिकाको सामाजिक विकास शाखा संयोजक, वडा ३ का वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता देव बहादुर बमको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिता समापन तथा पुरस्कार वितरण समारोहमा गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडालको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ति बम, प्रमुख प्रशासकीय अधिकृत दिनेश जोशी लगायतको उपस्थिती रहेको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा विजेता विद्यार्थी खेलाडीलाई १६ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सभागिता गराइने पनि बताइएको छ ।

Leave A Reply

Your email address will not be published.