बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको पाटन नगरपालिका– ८ साढीघाँटीमा म १ ज २२४ नम्बरको जिप दुर्घटना भएको हो । कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले तीन जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।
मृतकको सनाखत हुन बाँकी रहेको डीएसपी रायले बताए । उनका अनुसार घाइते पाँच जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । खोड्पे– बझाङ जोड्ने सडमा दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन ।