दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी शंकरपुर मावि पस्तीले हात पारेको छ ।
आइतबार सम्पन्न प्रतियोगिताको उपाधी मावि पस्तीले आफ्नो पक्षमा लिएको हो । प्रतियोगिता अवधिभर मावि पस्तीले ७ स्वर्ण, ७ रजत र ५ कांश्य पदक जिन्दै उपाधि हात पारेको आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगितामा मालिकार्जुन मावि मड ७ स्वर्ण ३ रजत र २ कास्य पदकबाट दोस्रो स्थान रहेको छ । ३ स्वर्ण ६ रजत र २ कास्यगरी कृष्णमावि डाडाकोटले तृतिय स्थानमा चित्त बुझाएको छ ।
प्रतियोगिता अविधिभर ३ स्वर्ण ५ रजत र २ कास्य सहित खानमावि ऐरीछाना सान्त्वना स्थानमा उक्एिको आयोजकले जनाएको छ ।
यहि माघ १४ गते बाट गाउँपालिकाको वडा – ३ स्थित मालिकार्जुन् माध्यमिक विद्यालय मडको खेलमैदानमा पालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहेको थियो । प्रतियोगितामा विजेता उप विजेता विद्यार्थी खेलाडीहरुलाई पुरस्कार समेत वितरण गरिएको छ ।