दार्चुलामा एक पुरुष मृत फेला

दार्चुला ।दार्चुलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मङ्गलवार बिहान दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–४ बङ्गाबगडमा एक अज्ञात पुरुषको शव भेटिएको हो। स्थानीयका अनुसार शव सडकभन्दा केही माथि रहेको बस्ती क्षेत्रका घरहरूको पछाडिपट्टि फेला परेको थियो।
मृतकको हालसम्म पहिचान हुन सकेको छैन। शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा घटनालाई शंकास्पद मानिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको पहिचान खुलाउन प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.