काठमाडौं आइपुगे पूर्वराजा शाह, विमानस्थलमा समर्थकको स्वागत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् ।

उनलाई समर्थकहरूले विभिन्न नारासहित विमानस्थल गेटबाट स्वागत गरेका छन् । उनले गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका छन् ।

विमानस्थलमा उनको समर्थनमा बाक्लो संख्यामा समर्थकहरूको उपस्थिति छ । समर्थकहरूले उनलाई र्‍यालीसहित निर्मल निवास पुर्‍याउने तयारी गरेका छन् ।

समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाइरहेका छन् । विमानस्थलमा स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गरेको छ ।

Leave A Reply

Your email address will not be published.