महायज्ञ पश्चात अब हामीले यो क्षेत्र छिट्टै नेपालकै शान्ती हुने विश्वास लिएका छौँ : सह संयोजक धामी

दार्चुला । दार्चुलाको शैल्य मल्लिकार्जुन धाममा लागेको शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सव पश्चात छिट्टै नै यो क्षेत्रमा अब शान्ती हुने विश्वास व्यक्त गरिएको छ ।  महायज्ञ तथा धार्मिक महोत्सव मूल आयोजक समितिका सह- संयोजक नरेन्द्र सिंह धामीले शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सव पछि यो क्षेत्रमा नेपालकै शान्ती स्थापना  हुने विश्वास व्यक्त गरेका हुन् ।

गत माघ २२ गते देखि फागुन ३ गतेसम्म ११ दिने लागेको शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सवमा पाल्नु भएका सम्पुर्ण श्रद्धालु भक्तजनहरुलाई हार्दिक अभार व्यक्त गदैँ उनले यो क्षेत्र अब नेपालकै शान्ती क्षेत्र स्थापना हुनेमा विश्वास व्यक्त गरेका छन् । लामो एघार दिनसम्म बसेर शिवपुराण महायज्ञको श्रबण गर्नु भएका सबै श्रद्धालु भक्तजनहरुलाई हार्दिक अभार व्यक्त गरेका छन् ।

उनले भने ‘मलाई आसा छ उहाँहरुले आफ्नो मनोवांछित प्रदान प्राप्त गर्नु हुन्छ भन्ने विश्वास हामीले राखेका छौँ’  त्यस्तै यो महायज्ञ सञ्चालनमा सहयोग गर्नुहुने विभिन्न संघ–संस्था व्यक्ति लगायतका सम्पुर्ण शुभेच्छुक शुभचिन्तक हरुमा मालिकार्जुन धाम र मालिकार्जुन धाममा आयोजित शिवपुराण महायज्ञ मूल आयोजक समितिका तर्फबाट हार्दिक अभार व्यक्त गरिएको छ ।

देशका सात धाममध्ये एकका रूपमा परिचित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको शैल्य मल्लिकार्जुन मन्दिरमा गत माघ २२ गते देखि फागुन ३ गतेसम्म शिवपुराण ज्ञान महायज्ञ सञ्चालनमा भएको थियो । शिवपुराण ज्ञान महायज्ञमा हजारौँ भक्तजनहरुको उपस्थिति रहेको थियो । महायज्ञमा चर्चित कथावाचक खगेन्द्र ढुङ्गानाले हरकेदिन  कथावाचन प्रवचन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.