प्रतिनिधिसभा निर्वाचन : दार्चुलामा पुग्यो निर्वाचन सामाग्री

दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आवश्यक सामाग्री दार्चुला पुगेको छ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोगले मतदानका लागि चाहिने आवश्यक सामग्री जिल्ला पठाएको हो ।

दार्चुलामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अहिले तिव्र भइरहेको छ । आयोगले पठाएको निर्वाचन सामग्री जिल्लामा पुगेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्र प्रकाश जोशीले जानकारी दिए । उक्त सामग्री सुरक्षाका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको उनले बताए ।

निर्वाचनमा खटिने कर्मचारीलाई चाहिने आवश्यक सामग्री पुगेकाले निर्वाचनको तयारी लगभग अन्तिम चरणमा रहेको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलामा ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । विशेषगरी नेपाली कांग्रेस,नेकपा एमाले,नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबीच मुख्य भिडन्त हुने देखिएको छ ।

Leave A Reply

Your email address will not be published.