फागुन ७ नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको दिन: देउवा

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ७ गते नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको ऐतिहासिक दिन भएको बताएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा बिहीबार शुभकामना दिँदै देउवाले अग्रजहरूको त्याग र बलिदानले जहानियाँ राणा शासन अन्त्य भएको बताएका छन् ।

‘हाम्रा अग्रजहरूको त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको ऐतिहासिक दिन २००७ फागुन ७,’ देउवाले लेखेका छन् ।

Leave A Reply

Your email address will not be published.