एकैदिन तोलामा ५६ सयले बढ्यो सुनको भाउ

काठमाडौंं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार  सुन तोलामा ५६ सय रुपैयाँले बढेको हो । आज प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा किनबेच गर्न सकिनेछ ।

गत शुक्रबार प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ तोलामा ३७५ रुपैयाँले बढेको छ ।शुक्रबार पाँच हजार ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदी यस दिन पाँच हजार ४२५ रुपैयाँ कायम भएको छ ।

Leave A Reply

Your email address will not be published.