मालिकार्जुनमा कक्षा ८ को बार्षिक परीक्षा आगामी चैत ५ देखि सञ्चालन हुने

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आधारभुत तह कक्षा ८ को बार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । सोमबार आज पालिकाले एक सूचना सार्वजनिक गदैँ पालिकास्तरीय बार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

आगामी चैत ५ गतेदेखि पालिकामा आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन हुने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । चैत ५ देखि १२ गतेसम्म परीक्षा सञ्चालन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज प्रसाद जोशीले जानकारी दिए ।

उनका अनुसार परीक्षा केन्द्रहरु गत शौक्षिक शत्र २०८१ कै यथावत रहेको बताए । कक्षा ८ बाहेकका अन्य कक्षाहरुको परीक्षा पनि आगामी चैत्र ५ गतेबाट सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन सम्बिन्धित पालिकाभरीका विद्यालयहरुलाई निर्देशन दिएको छ ।

 

Leave A Reply

Your email address will not be published.