दार्चुलामा मदिराजन्य बस्तु बिक्रीबितरण तथा ओसारपसारमा कडाइ

दार्चुला । दार्चुलामा मदिराजन्य बस्तु बिक्रीबितरण तथा ओसारपसारमा कडाइ गरिएको छ । आसन्न प्रतिनिधि सभा चुनावकालागी जिल्लामा शान्ती सुरक्षाका लागी मदिराजन्य बस्तुहरुमा कडाइ गरिएको हो ।

आसन्न चुनावलाइ स्वच्छ,निष्पक्ष र भयरहित बाताबरणमा सम्पन्न गर्न तथा होली पर्वलाई सभ्य र मर्यादित बनाउने गरी शुक्रबार भोली देखि जिल्लाभर मदिरा ओसारपोसार पुर्णरुपमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहालले जानकारी दिए ।

यस्तै फागुन १७ गते राती १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म दार्चुला जिल्लाभरी मदिरा विक्री वितरण र सेवन गर्न पूर्ण रुपमा निषेध गरिएको उनले बताए । प्रशासनले जारी गरेको सूचना बिपरीत मदिरा विक्री वितरण तथा सेवन गरी हुल–हुज्जत गर्ने लगायत कार्यहरु गरेको पाइएमा प्रचलित कानून अनुसार कारवाहि गरिने समेत सुचनामा उल्लेख गरिएको छ ।

Leave A Reply

Your email address will not be published.