मालिकार्जुन राष्ट्रिय धाममा सम्पन्न शिवपुराण महायज्ञको आय-व्यय विवरण सार्वजनिक ( पुर्णपाठ सहित)
धार्मिक तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने समितिको प्रतिबद्धता
दार्चुला । शैल्य मालिकार्जुन राष्ट्रिय धाममा सञ्चालन गरिएको शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सव २०८२ को आय-व्यय सार्वजनिक गरिएको छ। महायज्ञ आयोजक समितिले शुक्रबार (आज ) पत्रकार सम्मेलन मार्फत शिवपुराण महायज्ञको आय–व्यय बिवरण सार्वजनिक गरेको हो।
गत माघ २२ गतेदेखि यहि फागुन ३ गते ११ दिनसम्म सञ्चालन भएको शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सवको आय–व्यय विवरण समितिका सह–संयोजक किसन सिंह सामन्तले सार्वजनिक गर्नु भएको छ । पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उनले महायज्ञ सफल बनाउन देश–विदेशबाट सहयोग गर्ने सम्पूर्ण भक्तजन, दाताहरू, स्वयंसेवक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् ।
कार्यक्रममा शिवपुराण महायज्ञ समिति संयोजक दुर्गादत्त बिष्ट, सह-संयोजक किसन सिंह सामन्त, सचिव जनक सिंह धामी, कोषाध्यक्ष भुवन सिंह धामी लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो। साथै मालिकार्जुन मन्दिर विकास समितिका सचिव जनक सिंह धामी सहित स्थानीय समाजसेवी, पत्रकार तथा सरोकारवाला व्यक्तिहरूको पनि सहभागिता रहेको थियो।
समितिका अनुसार ११ दिनसम्म सञ्चालन भएको उक्त महायज्ञमा देशका विभिन्न स्थानबाट भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ । धार्मिक आस्था र परम्पराको संरक्षण गर्दै धामको विकास तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको पनि आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलन कार्यक्रममा महायज्ञको आय–व्यय विवरण पारदर्शी रूपमा सार्वजनिक गरिएको र आगामी दिनमा धामको विकासका लागि प्राप्त सहयोगलाई प्रभावकारी रूपमा उपयोग गरिने समितिका सह–संयोजक किसन सिंह सामन्तले जानकारी दिए । साथै धार्मिक तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने पनि समितिले प्रतिबद्धता व्यक्त गरेको छ ।
महायज्ञ अवधिभर आय तर्फ जम्मा १ करोड ४२ लाख ८१ हजार १४६ रुपैँया र व्ययतर्फ ५८ लाख ८७ हजार ४० रुपैँया रहेको जनाएको छ । यस्तै थप कलस खरिद र शिलालेख एव ताम्रपत्रमा नाम लेखाउन आवश्यक पर्ने रकम पछि महायज्ञकै बचत रकमबाट खर्च गरिने समितिले जनाएको छ ।
यहाँ हेर्नुहोस् आय–व्यय विवरण-

