दार्चुला प्रहरीको सक्रियता बढ्दो, फागुनमा ८ प्रतिवादी पक्राउ

दार्चुला। जिल्ला प्रहरी कार्यालय दार्चुलाले हरेक महिनामा गरेका कामहरूको सूची सार्वजनिक गर्दै आएको छ। महिनाभरि प्रहरीले गरेका गतिविधि समेटेर मासिक विवरण सार्वजनिक गर्ने अभ्यासलाई निरन्तरता दिएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गत फागुन महिनामा अपराध अनुसन्धानतर्फ १२ वटा र जघन्य तथा गम्भीर अपराधतर्फ २ वटा मुद्दा दर्ता भएका छन्। यस अवधिमा ८ जना प्रतिवादी पक्राउ परेका छन् ।

अदालतको फैसला कार्यान्वयन अन्तर्गत २ जना पक्राउ परेका छन् भने ४ महिना २६ दिन कैद तथा ४७ हजार ३२० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ। यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ५ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए।

यो अवधिमा ५ वटा घरेलु हिंसाका उजुरी परेका छन् । गत फागुनमा ३ वटा सवारी साधन दुर्घटनामा परेका छन् । दुर्घटनामापरी ३ जना घाइतेहुनुका साथै ८२ वटा सवारी साधन कारबाहीबाट ६७ हजार राजस्व संकलन गरिएको छ । जिल्लामा ४ जनाले आत्महत्या गरेका छन् । जसमा ३ जना पुरुष रहेका छन् भने एक जना बालक रहेको प्रहरीको तथ्याङकले देखाएको छ ।

(हेर्नुहोस् प्रहरीको फागुन महिनाको विस्तृत गतिविधि)

Leave A Reply

Your email address will not be published.