दार्चुला । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको मार्मा गाउँपालिका मुरै केन्द्रबिन्दु गरी ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पीय धक्का बिहान ३:५१ बजे गएको केन्द्रले जनाएको छ।
पछिल्लो समय देशको पश्चिमी भूभागमा भकम्पको धक्का गइरहेका छन्। चैत ३ गते दार्चुलाको सितोला केन्द्रविन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियो। गत फागुन २२ गते बझाङ चैनपुर केन्द्र गरी ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो।