मालिकार्जुन मावि मडले गर्‍यो एसईई दिने विद्यार्थीको विदाई

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा –३ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय मड (प्रेमनगर) ले कक्षा १०मा अध्ययनरत विद्यार्थीहरुको विदाई गरेको छ ।

बिहिबार (आज) एक औपचारीक कार्यक्रमको आयोजना गरी विद्यालयले (माध्यमिक शिक्षा परीक्षा ) एसईईमा सहभागि हुने विद्यार्थीहरुको विदाई गरेको हो ।

विद्यालयका प्रधानाध्यापक नवराज जोशीको अध्यक्षतामा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले एसइई दिने विद्यार्थीहरुको विदाई गरिएको विद्यालयस्रोतले जानकारी दिएको छ ।

विदाई कार्यक्रममा विद्यार्थीहरुलाई अविर र मायाको चिनो दिएर बिदाई गरिएको छ । विदाई कार्यक्रममा विदालयका प्रधानाध्यापक नवराज जोशीले विद्यार्थीहरुको उज्वल भविष्यको शुभकामना दिएका छन् ।

मालिकार्जुन माध्यमिक विद्यालय मड (प्रेमनगर) बाट यो वर्ष ४२ जना छात्रछात्राहरुले माध्यमिक शिक्षा परीक्षा एसईईमा सहभागिता जनाउने भएका छन् । यो वर्षको माध्यमिक शिक्षा परीक्षा यहि चैत्र १९ गते देखि २९ गतेसम्म जिल्लाभरी एकसाथ सञ्चालन गरिने भएको छ ।

Leave A Reply

Your email address will not be published.