दार्चुला । एमालेका नेता कार्यकर्ता सडकमा निस्किएपछि दार्चुलामा पनि सुरक्षा व्यवस्था कडाइ गरिएको छ। जिल्ला सदरमुकाम लगायतका क्षेत्रमा एमाले कार्यकर्ताहरू प्रदर्शनका लागि निस्किएपछि त्यहाँ बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ। अध्यक्ष केपी ओलीको पक्राउपछि एमाले दार्चुलाको आह्वानमा ३ बजेदेखि प्रदर्शन सुरु गरेका थिए। उनीहरूले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका छन्।
त्यसैगरी, देशको पछिल्लो बदलिँदो राजनीतिक परिस्थितिका कारण उत्पन्न हुनसक्ने सम्भावित विरोध प्रदर्शन, जुलुस तथा अन्य गतिविधिले शान्ति सुरक्षामा पर्न सक्ने प्रभावप्रति बिशेष ध्यान दिँदै सुरक्षा निकायहरूलाई सजग रहन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
विशेषगरी पूर्व प्रधानमन्त्री एवं केपी ओली र पूर्व गृहमन्त्री लेखकको पक्राउसँग सम्बन्धित घटनाक्रमलाई ध्यानमा राख्दै संवेदनशील क्षेत्रहरूमा निगरानी, चेकजाँच तथा अन्य सुरक्षा रणनीतिहरू कडाइका साथ कार्यान्वयन गर्ने निर्णय भएको उनले बताए ।