एमालेले दार्चुला जिल्ला प्रशासन कार्यालयमा बुझायो विरोधपत्र

दार्चुला । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले दार्चुला जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ ।

शनिबार बसेको पार्टी केन्द्रीय कमिटीको आकस्मिक सचिवालय बैठकको निर्णयबमोजिम पार्टीले आज विरोधपत्र बुझाएको एमाले दार्चुलाले जनाएको छ ।

पार्टीका तर्फबाट जिल्ला कमिटी सचिव उमेशराज जोशीले सहायक प्रमुख जिल्ला अधिकारी विनोद दहाललाई विरोधपत्र बुझाएको बताएका छन् । एमालेले हिजो देखि नै जिल्लामा शान्तीपूर्ण रुपमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा आन्दोलन समेत गरिरहेको छ ।

एमालेले गत भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति असहमति र विरोध रहेको भन्दै उक्त घटना छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गदैँ आएको छ ।

Leave A Reply

Your email address will not be published.