महाकाली नदीमा बगेर एक पुरुष बेपत्ता

बैतडी । महाकाली नदीमा बगेर बैतडीका एक पुरुष बेपत्ता भएका छन् ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ बर्षीय कृष्ण चन्द हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
मंगलबार बिहान साढे ११ बजेतिर बगेर बेपत्ता भएका चन्दको खोजतलास कार्य जारी रहेको प्रहरी निरीक्षक बडूले बताए । अहिलेसम्म उनको अवस्था अज्ञात रहेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.