काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको ७४ सयले बढेर तोलाको २ लाख ९७ हजार ६ सयमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुन तोलाको २ लाख ९० हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले बढेर ४९४५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४८४५ मा कारोबार भएको थियो ।