काठमाडौं । अपि पावर कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शिशिर भट्टराई नियुक्त भएका छन् ।
कम्पनीको चैत्र १६ गते बसेको संचालक समितिको बैठकले चैत्र १७ गतेदेखि लागु हुने गरि भट्टराईलाई सीइओ नियुक्त गरेको हो।
भट्टराई रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का स्थायी वासिन्दा हुन् ।
