दार्चुला । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको आजदेखि जिल्लाभर १७ वटा परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा विद्यार्थी सामेल भएका छन् ।
परीक्षा यही चैत २९ गतेसम्म परीक्षा हुनेछ । परीक्षामा जिल्लाभरीबाट ३ हजार ५६८ जना विद्यार्थी सहभागी छन् । परीक्षामा नियमिततर्फ २ हजार ५२८ जना र ग्रेडवृद्धितर्फ १ हजार ४० जना सहभागी छन् । पुरानो प्रश्नपत्रका १२ जना विद्यार्थीले जिल्ला सदरमुकाम खलंगाको महेन्द्र नमुना मावि खलंगा ‘ख’केन्द्रबाट परीक्षा दिइरहेका छन् ।