दार्चुलामा राष्ट्रिय आर्थिक गणनाका लागि गणक तथा सुपरिवेक्षक तालिम सुरू

दार्चुला । “अर्थतन्त्र मापनमा लागि आर्थिक गणना” भन्ने मूल नाराका साथ राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत दार्चुला जिल्लामा गणक तथा सुपरिवेक्षकहरुको पाँच दिने तालिम बिहीबारबाट सुरू गरिएको छ।

आगामी बैशाख २ गतेदेखि ७ गतेसम्म जिल्लाका सबै पालिकामा आर्थिक गणना सञ्चालन गर्ने तयारीस्वरूप यो तालिम आयोजना गरिएको राष्ट्रिय आर्थिक गणना कार्यालय दार्चुलाले जनाएको छ ।

तालिमको उद्घाटन राष्ट्रिय आर्थिक गणना जिल्ला समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख महादेब बडु प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

तालिममा १८ जना गणक र ३ जना सुपरिवेक्षकहरुले सहभागिता जनाएका थिए । सहभागीहरूलाई आर्थिक गणनासम्बन्धी तथ्यांक संकलन, तथ्याङ्क व्यवस्थापन तथा प्रतिवेदन तयार गर्ने विषयमा आवश्यक प्रशिक्षण प्रदान गरिएको कार्यालयले जनाएको छ । यस तालिमले जिल्लामा हुने आर्थिक गणनालाई प्रभावकारी, व्यवस्थित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.