दार्चुलामा भीरबाट लडेर घाइते युवकको मृत्यु

दार्चुला । दार्चुलामा भीरबाट लडेर गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका वडा –२ गराडी सल्याडी बस्ने वर्ष ३५ का पुष्कर सिंह कार्कीको अस्पताल लैजाने क्रममा ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ।

परिवारका अनुसार घर नजिकै रहेको सलानी भीरबाट लडेर गम्भीर घाइते भएका कार्कीलाई प्रारम्भिक उपचारका लागि गोकुलेश्वर अस्पतालमा लगिएको थियो ।

त्यहाँ उपचारसम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । बैतडीको न्वाली क्षेत्रमा पुग्नेबेलामा उनको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.