दार्चुलामा तीन सवारी साधन दुर्घटना, दुईको मृत्यु, आठ जना घाइते

दार्चुला । जिल्लामा गत एक महिनाको अवधीमा ३ वटा सवारी साधन दुर्घटनामा पर्दा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले सार्वजनिक गरेको चैत्र महिनाको प्रतिवेदनमा एक महिनाको अवधीमा जिल्लामा ३ वटा सवारी दुर्घटना हुँदा २ जनाको ज्यान गएको जनाएको छ ।

मासिक प्रहरी प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देबेन्द्र बुढाथोकीका अनुसार चत्रै महिनामा ३ वटा सवारी दुर्घटना भएको बताउदैँ ती दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको र ८ जना घाइते भएको बताए । दुर्घटनामा परेर प्रहरीले तीनजनाको उद्धार गरेको जनाएको छ ।

उनले जिल्लामा भएका दुर्घटनाको अध्ययन र विश्लेषण गर्दा अधिकांश दुर्घटना सडकका कारण भएको बताए । गत चैत्र महिनामा ७५ वटा सवारी साधन कारबाहीबाट ५५ हजार राजस्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.