काठमाडौं । मन्त्रिपरिषद्को बैठकले सम्पत्ति छानबिनका लागि आयोग बनाएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २०६२/०६३ यताको सम्पत्ति छानबिनका लागि आयोग बनाउने निर्णय गरेको हो ।
सरकारले पाँच सदस्यीय छानबिन आयोग गठन गरेको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा छानबिन आयोग रहने छ ।
उक्त आयोगमा पूर्वन्यायाधीशहरू पुरुषोत्तम पराजुली, चण्डिराज ढकाल, पूर्वप्रहरी नायवमहानिरीक्षक गणेश केसी र चार्टड एकान्टेन प्रकाश लम्साल छन् ।