पुर्नस्थापनाको माग अघि सार्दै कञ्चनपुरका आरक्षपीडितको आन्दोलन निरन्तर 

कञ्चनपुर ०८ बैशाख ।

पुर्नस्थापनाको माग अघि सारेर कञ्चनपुरका आरक्षपीडितले निरन्तर आन्दोलन जारी राखेका छन । गत सातादेखि शुरु गरिएको बिरोध प्रर्दशन र धर्ना जारी राखेका हुन । नयाँ सरकारले पनि आफुहरुका पीडा नबुझेको भन्दै पीडितहरुले दैनिक सरकारी कार्य तालिका अनुरुप आन्दोलन गरिरहेका छन । आरक्षपीडित सघर्ष समितिका सहसचिव कृष्णदत्त भट्टले आफुहरुको मागमा सरकारले चासो नदिएपछि आन्दोलन जारी राखेको बताए ।

नयाँ सरकारले समेत आफुहरुको समस्या गर्न ढिलाई गरेको भन्दै सरकारलाई घचसच्याउनका लागि जिल्ला सदरमुकाम महेन्द्रनगरमा प्रर्दशन, प्रशासनमा धर्नादेखि ज्ञापन पत्र बुझाएको बताए । ‘हामी विस्तावित भएको ०५८देखि ०८२सम्म भएका सबै निर्वाचनमा आश्वासन मात्रै दियो, पुरा भएनन, ‘उनले भने, ‘अहिलेको सरकार र जनप्रतिनिधीसंग हामी आशावादी छौँ, यस पटक सरकारको ध्यानाकषण मात्रै गराएका छौँ ।’

आरक्षपीडितका युवा अभियन्ता सुजित श्रेष्ठले अहिलेको सरकारको ध्यानार्कषण गराउने उदेश्यका साथ बजारमा ¥यालीदेखि प्रशासन मार्फत ज्ञापन पत्र धर्ना दिईएको बताए । उनले आरक्षपीडित सहितका उनका सन्तानले ०५८सालदेखि आधारभूत मौलिक हकबाट समेत बञ्चित भएको बताए । आरक्षपीडित सघर्ष समितिका अध्यक्ष जय बहादुर रोकायाले पीडितलाई बर्षनी दिने आश्वासन मात्रै भएकाले अब न्याय नपाउँदासम्म निरन्तर आन्दोलन जारी राख्ने चेतावनी दिए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले आरक्षपीडितको माग सहितका विषयमा केन्द्रीय सरकार समक्ष राख्ने आश्वासन दिर्दै आन्दोलनका कार्यक्तम स्थगित गरेर वार्ता, सम्वाददेखि छलफलका माध्यमबाट समस्याको निकासका लागि पहल आवश्यक रहेको औल्याए । पुर्नस्थाना नहुँदा आरक्षपीडित अढाई दशकदेखि झुपडीमा नारकीय जिवन विताउन बाध्य भएका छन । आशै आशमा रहेका आरक्षपीडितले नयाँ सरकार बनेको चार साता वितिसक्दा पनि आफुहरुको समस्या समधानमा सरकारले चासो नदिएको भन्दै आन्दोलन गरेका छन । गत २१फागुनमा भएको चुनाव सम्पन्न भयो । चुनाव अघिसम्म विभिन्न राजनैतिक दलका नेता, कार्यकर्तादेखि तिनका उम्मेदवारहरुले कञ्चनपुरका आरक्षपीडितको पुर्नस्थापना मुद्दा अघि सारे । निर्वाचित सासदत्रय जनक सिह धामी, दिपकराज बोहरा र ज्ञानेन्द्र सिह महताले पीडित बस्तीमै पुगेर यस पटक आरक्षपीडितको समस्या समाधान गरेरै छाड्ने संकल्प लिएका थिए । अब माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन

Leave A Reply

Your email address will not be published.