दोस्रो दिन पनि तोलामा तीन हजार रूपैयाँ घट्यो सुनको भाउ

नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ घटेको छ।

मंगलबार तोलामा तीन हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन पनि प्रतितोला तीन हजार रूपैयाँ नै घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।

मंगलबार सुन प्रतितोला दुई लाख ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।

मंगलबार प्रतितोला चार हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.