दार्चुला । शैल्यशिखर गाउँपालिका–६, ग्वानीका दीपेन्द्र धामी र मनिषा धामीका छोरा आदित्य धामीले आफ्नो पाँचौँ जन्मदिनको अवसरमा विद्यालयलाई सेनिटरी प्याड सहयोग गरेका छन्।
पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको खुसीयालीमा आदित्यका अभिभावकले पशुपति भवन माध्यमिक विद्यालय, ग्वानीलाई उक्त सामग्री उपलब्ध गराएका हुन्।
बालबालिकाको जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै गरिएको यस सहयोगले विद्यालयका छात्राहरूलाई मासिक धर्म व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ।
स्थानीयस्तरमा यस्तो कार्यले सकारात्मक सन्देश फैलाउने विश्वास गरिएको छ।