दार्चुलामा अभद्र व्यवहार मुद्दाका एक जना पक्राउ

दार्चुला । दार्चुलामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अभद्र व्यवहार मुद्दामा फरार रहेका उनलाई प्रहरीले हिजो बुधबार सदरमुकाम खलंगाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ बस्ने ३० वर्षीय उपेन्द्रराम लुहार रहेका छन् ।

जिल्ला अदालत दार्चुलाको मिति २०८२ मंसिर ८ गतेको फैसलाले अभद्र व्यवहार गर्न नहुने सम्बन्धी मुद्दामा ७ महिना १३ दिन कैद सजाय तोकिएका उनलाई पक्राउ गरिएको जिल्ला लुहारलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले खलंगा बजारवाट पक्राउ गरेको जनाएको छ। उनलाई आज जिल्ला अदालतमा उपस्थित गराइने पनि प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.