दार्चुलामा नेपाली कांग्रेसको जरा अभियान सुरू

दार्चुला । नेपाली कांग्रेस दार्चुलाले जरा अभियान सञ्चालन गरेको छ । पार्टीको केन्द्रीय नीति अनुसार जरा अभियान सञ्चालन गरिएको नेपाली कांग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले जानकारी दिए । आइतबार जिल्ला भेलाको आयोजना गरेर अभियानको उद्दघाटन गरिएको उनले बताए ।

आज औपचारिक रुपमा कार्यक्रम उद्घाटन गरिएको र केही दिनबाट गाउँगाउँमा सञ्चालन गरिने बताइएको छ । अभियान अन्तर्गत क्रियाशील सदस्य अद्यावधिक गर्ने, कार्यकर्ताहरुसँग भेटघाट गर्ने, संगठन विस्तारका बिषयमा छलफल गरिने कांग्रेस दार्चुलाले जनाएको छ ।

नेपाली कांग्रेसले क्रियाशील सदस्य अब डिजिटल माध्यमबाट अद्यावधिक गरिने उहाँले बताउनुभयो । जिल्लाका ९ वटै स्थानीय तह र ६१ वटै वडामा अभियान सञ्चालन गरिने नेपाली कांग्रेस दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.