महाकाली नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण वितरण

काठमाडौं । महाकाली नगरपालिकाले नगरभित्रका कृषकहरूलाई कृषि पेशामा आधुनिक, सहज र उत्पादनमुखी बनाउन विभिन्न कृषि मेसिनरी तथा उपकरण हस्तान्तरण गरेको छ। खेतबारी जोत्नका लागि नगरपालिकाले किसानहरुलाई हाते ट्याक्टर मिनीटिलर वितरण गरेको जनाएको छ ।

नगरपालिकाले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउँदै किसानको मेहनतलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कार्यक्रममा कृषकहरूलाई आधुनिक कृषि उपकरण उपलब्ध गराइँदा खेतीपातीमा समय, श्रम तथा लागत घट्नुका साथै उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ।

नगरपालिकाका अनुसार कृषि क्षेत्रमा आधुनिक प्रविधिको पहुँच विस्तार गर्दै स्थानीय किसानलाई आत्मनिर्भर र व्यवसायिक कृषि तर्फ प्रेरित गर्ने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको हो। उपकरण प्राप्त गरेपछि कृषकहरूले कृषि कार्य सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

स्थानीय तहबाट कृषिमा प्रविधिमैत्री योजना लागू गरिनुले युवा पुस्तालाई समेत कृषि पेशातर्फ आकर्षित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.