कञ्चनपुर २६ बैशाख ।
कञ्चनपुरको बेलडाँडीका हरिकिशन रानाको मुत्युकाण्ड छानबिन गरेर वास्तविक दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।
नेपाल रानाथारु समाजले शनिबार महेन्द्रनगरमा बिरोध प्रर्दशन गदै रानाको मुत्युकाण्ड छानबिन गरेर वास्तविक दोषि उपर कार्बाहीको माग अघि सारिएको हो ।
गत बर्ष बेलडाँडी ३क खैरिघाट,कमरीका स्थानीय किसान राना जलेको अवस्थामा मृत फेला परेका थिए ।
रानाथारु समाजका निर्वतमान केन्द्रीय सदस्य एव सासद कृपाराम राना, समाजका अध्यक्ष कमल सिह राना सहितका थारु अगुवाहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा राना मुत्युकाण्डको वास्तविक छानबिन गरेर पीडित परिवारलाई न्यायदेखि दोषिमाथि कानुनी कार्बाहीको आवाज उठान गरेका छन । कञ्चनपुरले प्रहरीले घटनाको निरन्तर विभिन्न कोणबाट छानबिन भईरहेको जनाएको छ ।