नेपाली कांग्रेसको केन्दीय कार्यसमितिमा दार्चुलाबाट बडू मनोनीत

दार्चुला । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्य पदमा दार्चुलाबाट नेपाली कांग्रेसका नेता पुर्वमन्त्री दिलेन्द्र प्रसाद बडू मनोनीत भएका छन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडू सहित विभिन्न जिल्लाका १९ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनयन गरेका छन् ।

सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम महाधिवेशन प्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको बताइएको छ ।

नेपाली कांग्रेस नेता बडू शेखर कोइराला समूहका मानिन्छन् । सभापति थापाले शेखर कोइराला समूहका बडू सहित ७ जनालाई केन्दीय कार्यसमितिमा मनोनीत गरेको जनाएको छ । यस्तै सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवा समूहका १२ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनयन गरेका छन् ।

Leave A Reply

Your email address will not be published.